काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ ।
अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यद्यपि, यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया