देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण

देशान्तर

काठमाडौं । देशका विभिन्न स्थानमा डढेलो लाग्दा काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण बढेको छ ।

सुख्खा मौसम सुरु भएसँगै डढेलो लाग्दा विश्वका सबै देशलाई उछिन्दै काठमाडौँ सबैभन्दा बढी प्रदूषित सहरमा सूचीकृत भएको छ ।

विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आइक्युययरका अनुसार आइतबार सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौँ पुगेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको आकलन गरेको छ ।

बादल लागे पनि पानी पर्ने सम्भावना नभएकाले प्रदूषणले मानव स्वास्थ्य सँगै प्रदूषणले गर्दा हवाई उड्डयन क्षेत्रमा समेत असर पारेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।

पछिल्लो समय लुम्बिनी प्रदेशसहित गण्डकी, बाग्मती, मधेस र कोसी प्रदेश क्षेत्रमा डढेलो लाग्दा प्रदूषण भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताए । देशका पूर्वी क्षेत्रमा ४ सयभन्दा बढी क्षेत्रमा आगलागी भइरहेको शर्माले बताउनुभयो ।

सानो सङ्ख्यामा आगो लाग्दा खास्सै समस्या नभए पनि व्यापक मात्रामा डढेलो लाग्दा अत्यन्तै प्रदूषण भएकोले दीर्घ रोगीलाई समस्या गराउन सक्ने भएकाले सजग रहन शर्माले आग्रह गर्नुभएको छ ।