देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका

देशान्तर

एजेन्सी । भारतमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ ।

बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

बसमा ४० देखि ४५ जना यात्रु सवार रहेका थिए । उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ ।

घाइते यात्रुलाई खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।