काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति पत्ता लागेको छ ।
गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी रहेको खुलेको छ ।
गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी तीर्थमाली नाताले नाति रहेको प्रहरीले जनाएको छ ।
नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ त्रिहत्तर वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल ‘टाइप–५४ चवन्न’ बरामद गरेको छ । मगर नयाँ वर्ष मनाउन गए राति वर्षमानको निवासमा गएका थिए । वर्षमान उपचारका लागि चीनमा हुनुहुन्छ ।
वर्षमानकी आमाको गोडामा गोली लागेको छ । ट्रमा सेन्टरमा उहाँको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया