आज वाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । नेपालले अर्को वर्ष सन् २०२४ सम्ममा जन्म र मृत्यु जस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य लिएको छ ।व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ ।
जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता घटनालाई ३५ दिनभित्र नजिकको वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ ।
पछिल्लो राष्ट्रिय जनगणना अनुसार ५ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता हुने गरेको छ । अझै पनि २६ प्रतिशत बालबालिकाको जन्मदर्ता हुन बाँकी नै छ । अहिले ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ५ सय ७६ वडामा घटना दर्ता अनलाइनमा दर्ता हुने व्यवस्था छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदका घटना गरी अहिलेसम्म ४८ लाख ४५ हजार ९ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् ।
प्रतिक्रिया