आज जुन १७ तारिख, विश्व खडेरीविरुद्ध संघर्ष दिवस् । “हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य“ भन्ने नाराका साथ यो दिवस मनाइदै छ ।
खडेरी र यसबाट पर्ने असरको बारेमा जनचेतना जगाउने उदेश्यलेसन् १९९५ देखि यो दिवस मनाउन शुरु गरिएको हो । सन् १९९४ मा सयुंक्त राष्ट्र संघले जुन १७ लाइ बिश्व खडेरीविरुद्ध संघर्ष दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
विशेषगरी अष्ट्रेलिया, अल्जेरिया, क्यानडा, अमेरिका लगायतका देशमा प्राथमिकताका साथ मनाइने यो दिवस नेपालमा भने औपचारिक रुपमा मनाउने गरिएको छैन ।
संयुक्त राष्ट्र संघले सबैभन्दा बढी अफ्रिकी देशहरु खडेरी र सुख्खाको मारमा परिरहेको जनाएको छ । अफ्रिकी मुलुकमा खडेरीकै कारण भोकमरीको समस्या बढ्दै गएको छ ।
नेपालमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको र यसका कारण विभीन्न समस्याहरु उत्पन्न भइरहेको सरोकारवाला निकायहरुले बताएका छन् ।
प्रतिक्रिया