एजेन्सी । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा आगलागि हुँदा सातजनाको मृत्यु भइको छ । भने ६० परिवार घरबारविहीन भएका छन् ।
शनिबार राति आगलागी हुँदा दुई वर्षीया बालिका र १२ वर्षीय बालकसहित सातजनाको मृत्यु भएको छ ।
राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे सहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए ।
अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
प्रतिक्रिया