देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ए’ डिभिजन लिगः आज संकटा क्लब र मछिन्द्र, हिमालयन र न्युरोड, सातदोबाटो र आर्मी भिड्ने

देशान्तर

काठामडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्समा पनि दिउँसो २ बजे शुरु हुनेछ ।

खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् ।

संकटा तेस्रो जितको योजनामा रहँदा साविक विजेता मछिन्द्र भने दोस्रो जितको योजनामा रहेको छ ।

संकटा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

हिमालयन दोस्रो जितको योजनामा रहँदा एनआरटी भने पहिलो जितको योजनामा रहेको छ ।

हिमालयन ६ अंक जोडेर दशौं स्थानमा रहेको छ भने एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने अर्काे खेलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबसँग साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

सातदोबाटो पाँचौं जितको योजनामा रहँदा आर्मी भने तेस्रो जितको योजनामा छ । सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।