एजेन्सी । रुसको कब्जामा रहेका तीस भन्दा बढी युुक्रेनी बालबालिका घर फिर्ता भएका छन् ।
युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो ।
युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन् ।
युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ ।
युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ ।
बालबालिकाले रुसले आफ्ना अभिभावकहरु खोजी नगरेको र अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् ।
केही बालबालिकालाई पाँच महिनामा पाँच पटक स्थान परिवर्तन गरिएकोबारे रुसी परराष्ट्र मन्त्रालयले कुनै पनि टिप्पणी गर्न चाहेन ।
द्वन्दग्रस्त क्षेत्रहरुबाट बालबालिका र अनाथको सुरक्षाको लागि अभिभावकको सहमतिमा लगिएको भन्दै रुसले मानवीय अभियान भएको जनाएको छ ।
प्रतिक्रिया