काठमाडौं – सभामुख देवराज घिमिरेकाे पहलमा संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अपराह्व भएको छलफलमा प्रतिनिधि सभाको काम कारवाहीलाई प्रभावकारी बनाउँने विषयमा छलफल भएकाे जनाइएकाे छ ।
सरकारले सदनलाई विजनेश दिन नसकिरहेकाे भन्ने आराेपकाबीच सभामुखले सत्ता र प्रतिपक्षी दलका नेताहरुलाई एकै ठाउँमा राखेर छलफल गरेका हुन् ।
उक्त छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
प्रतिक्रिया