देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर बालेनको संघीय सरकारमाथि खरो प्रश्नः सिंहदरबारमा बस्नेले आफ्नो अस्तित्व कहिले बनाउने

देशान्तर

काठमडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिनुभएको छ ।

सरकारले आफूलाई असहयोग गरेको बताउँदै आउनुभएका साहले सरकारमाथि पटक–पटक कडा टिप्पणी गर्दै आइरहनुभएको छ ।

आज पनि उहाँले आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेपछि समाजिक सञ्जाल तातेका छन् ।

आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुभएका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएको टिप्पणी गर्नुभएको छ ।

मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल हुन भने सकेन ।

केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।

यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताउनुभएको थियो ।