देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सररकारले मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्दै

देशान्तर

काठमाडौं । सरकारले शनिबार मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्ने तयारी गरेको छ । तर वार्ताको समय भने तोकिएको छैन ।

गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा बनेको पुरानै वार्ता टोली ब्युँताएर पीडितसँग वार्ता गर्न जिम्मेवारी दिएको थियो ।

वार्ता समितिका सदस्य रहेका उपसचिव दिलकुमार तामाङका अनुसार मिटरब्याज पीडितले सल्लाह गरेर वार्ताको समय दिने बताइएको छ ।

गत शनिबार सरकारले मिटरब्याज पीडितको एक समूहसँग पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ ।

‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ले पाँचबुँदे सहमतिले आफूहरूको तत्कालको समस्या समाधान नहुने भन्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

उनीहरूले मिटरब्याजीहरुले बनाएको जाली तमसुक खारेज गर्नुपर्ने र मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने मुख्य माग राखेका छन् ।