काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको तयारी गरेका छन् ।पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले अन्तत: पार्टीबाट बाहिरिने घोषणा गर्न लागेका हुन् ।
अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो । उनले शनिबार दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।
उनले स्पष्टीकरणको जवाफ सार्वजनिक रुपमै दिने तयारी गरेका छन् । उनी एमालेमा प्रवेश गर्ने तयारी रहेकाे बुझिएको छ ।
प्रतिक्रिया