काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक व्यक्तिले गरेकाे आत्मदाहको प्रयासलाई प्रहरीले विफल पारेकाे छ। संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए ।
प्रहरीका अनुसार ती युवकले ट्रली बसको कार्यालय अगाडि बसेर पेट्रोल खन्याएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । आत्मदाहकाे प्रयास गर्ने युवककाे पहिचान खुलेकाे छैन ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए।केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उनकाे उपचारका क्रममा मृत्यु भएको थियो।
प्रतिक्रिया