देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जे गरे पनि सांसदहरूले थपडी बजाउँछन् भन्ने सरकारले नसोचोस्ः गगन थापा

’कुरा गर्ने होइन काम गर्ने सरकार चाहिएको हो, ५ वर्ष त्यसै खेर फाल्न चाहँदैनौं’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले कुराभन्दा पनि काम गर्ने सरकार चाहिएको भन्दै आक्रोस पोख्नुभएको छ ।

आज प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले सरकारबाट प्रत्येक दिन कम्तीमा एक काम हुनुपर्ने अपेक्षा रहने बताउनुभएको हो ।

बैठकमा बोल्दै थापाले, ‘हामीले आशा र अपेक्षा गरेका छौं । सरकार सफल होस् भन्ने हामी चाहन्छौं, यो व्यवस्था असफल हुनुपर्छ भन्ने ठान्नेलाई त यो सरकार असफल भए होस् भन्ने लाग्ला । कतिपय नयाँ साथीहरूलाई यी पुराना दलले काम नै गर्न सक्दैनन् त्यसैले असफल भएपछि हामी गरूँला भन्ने लाग्ला । तर हामीलाई त्यस्तो भन्ने छुट पनि छैन । अब हामीसँग समय छैन । अर्को ५ वर्ष समय खेर फाल्ने अब हामीसँग समय छैन । अब हामीलाई कुरा गर्ने होइन काम गर्ने, परिणाम दिने सरकार चाहिएको छ। प्रत्येक दिन एउटा परिणामको अपेक्षा गर्छौं, त्यसो भयो भने न्यूनतम साझा कार्यक्रमको सफलता हुन्छ।’