काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनुभयो ।
उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराउनु भयो ।
सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरुले सांसदहरुले संसदमा उठाएको प्रश्नहरुको अनिवार्य जवाफ दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
प्रतिक्रिया