काठमाडौं – सरकारले न्यूनतम् साझा कार्यक्रम घोषणा गरेको छ। सिंहदरबारमा एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रवधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता तथा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
न्यूनतम् साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने र भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने बुँदाहरू उल्लेख छन्।
विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबीच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै यो कार्यक्रम ल्याएको मन्त्री शर्माले दाबी गरेकी छन्।
यसैबीच,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।
सत्तारढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनमत साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिर्माजित गरेर यो पटक ल्याएको बताए ।
यस्तो छ संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमः
प्रतिक्रिया