देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिनल्याण्ड नेटोमा आबद्ध 

देशान्तर

मत परिणामले सरकारको नेतृत्व गरेको पार्टी तेस्रो स्थानमा खुम्चेको बेला फिनल्यान्ड भने उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)मा आबद्ध भएको छ ।

विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नेटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । स्विडेन पनि नेटाेमा आबद्धता हुने सुचीमा रहेकाे छ ।

नेटोमा फिनल्याण्ड आबद्ध हुदैँ गर्दै हालै आएको आम निर्वाचनको परिणामवाट प्रधानमन्त्री सना मरिनको पार्टी भने तेस्रो स्थानमा खुम्चिएको अवस्था छ।

कम उमेरकी महिला प्रधानमन्त्रीका रुपमा चर्चित सना मरिनको पार्टी  १९. ९ %  भोटमा सिमित हुदाँ तेस्रो स्थानमा खुम्चिएकाे हो ।

बिपक्षी दक्षिणपन्थी नेता पेटेरी ओर्पो ओर्पोले नेतृत्व गरेको कन्जरभेटिभ पार्टीले २०.८ % मत प्राप्त गरेर पहिलो भएको छ भने सरकार गठनको मान्यता सो पार्टीले पाएको छ ।

प्रधानमन्त्री सना मरिनको पार्टी भन्दा अघि अर्को दक्षिणपन्थी पपुलिस्ट फिन्स पार्टीले २०.१ % प्रतिशत मत हासिल गरेर दोस्रो स्थानमा छ ।