काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आमनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्ने दाबी गर्नुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले उस्तो दाबी गर्नुभएको हो ।
उहाँले वगतको आमनिर्वाचनमा झैं चितवन–२, तनहुँ–१ र बारा–२ का मतदाताले रास्वपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउने दाबी गर्नुभएको हो ।
उहाँले रास्वपाले गत आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई नबिर्सेको र रास्वपा आफ्नो पूर्ववर्ती अडान र एजेन्डामा अडिग रहेकाले नेपाली जनताले आफ्नो पार्टीलाई स्वभाविक रूपमा माया र स्नेह गर्ने आशा गर्ने बताउनुभयो ।
प्रमुख सचेतक परियारले चितवन–२, तनहुँ–१ र बारा–२ मा रास्वपाका तर्फबाट प्रत्याशी भएका सबै उम्मेदवार सक्षम र सबल रहेको चर्चा गर्दै उहाँहरूलाई जनताले आफ्नो सेवकको रूपमा चुनेर पठाउनु हुने बताउनुभयो ।
प्रमुख सचेतक परियारले दशकौंदेखि शासन गरेका पार्टीहरूले मात्रै मुलुकमा विकास गर्न सक्छ भन्ने भ्रम रहेकोमा त्यो पूर्ण सत्य होइन हैं भन्ने मंसिरको निर्वाचनको परिणामले देखाएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया