देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरपालिकाले वैशाख १ गतेदेखि एकै स्थानबाट नागरिकलाई सेवा दिने

देशान्तर

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले एकै स्थानबाट नागरिकलाई सबै सेवा दिने तयारी गरेको छ ।

कामपाले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्न कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो ।

प्रशासनसँगै क्रमशः काठमाडौं महानगर पालिकालको मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी छ ।

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी काठमाडौं महानगर पालिकाले मर्मत गर्नेछ ।

प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ । अहिले काठमाडौं महानगर पालिकालको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।