काठमाडौं । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
श्रेष्ठले आज दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।
श्रेष्ठ चितवन कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुनुहुन्छ । श्रेष्ठलाई सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको समर्थन रहेको छ ।
प्रतिक्रिया