काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराउनुभएको छ ।
वाग्लेले आज अपरान्ह उम्मेदवारी दर्ता गराउनु भएको हो । गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएवपछि तनहुँ –१ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । वैशाख १० मा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका तर्फबाट गोबिन्द भट्टराईले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ भने बिपक्षी नेकपा एमालेका तर्फबाट भने सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया