धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले मौसम सफा रहेपनि दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । प्रि–मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने गर्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटरभन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया