देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनका लागि कांग्रेसले तनहुँ र चितवनमा दुई महामन्त्री खटायो

देशान्तर

काठमाडौं । उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई खटाएको छ ।

नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको हो ।

तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएका एक नेताले जानकारी दिएका छन् ।

उहाँहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुने र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नुहुोछ ।

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।