एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध भइरहेको हो ।
सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक सहभागी रहेको बताएका छन् । प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नुभएको थियो । उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको शहर तेल अभिभमा प्रदर्शनमा उत्रिएका छन् ।
गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।
प्रतिक्रिया