काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले नेपालमा ५–५वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गर्नुभएको छ ।
रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले सो कुरा बतायनुभएको हो ।
उहाँले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क समेत गर्नुभयो ।
‘हामी ५–५ वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका बताउदै रास्वपाको तनहुँ १ मा उम्मेदवार बन्नुभएका यहाँले पुराना पार्टीहरुमा टिकटको किनबेच भएको बताउनुभएको छ ।
आफुहरुले प्राइमरी चुनाव जितेर आए पार्टीभित्रको प्राइमरी चुनाव कुशासन तोड्ने प्रमुख अस्त्र हुने बताउनुभएको छ ।
चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको उहाँको तर्क छ ।
डा. वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने तर्क गर्नुभयो ।
भर्खरै सम्पन्न भएको जनगणनाको नतिजाले पनि नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा डेलिभरीको राजनीति गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
उनले विश्व राजनीतिमा आएको फेरबदललाई नेपालले आफ्नो हितमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया