काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्दा ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गर्नुभएको छ ।
१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने सो कुरा बतउनुभएको हो ।
उहाँले आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताउनुभयो ।
कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउनुभएका रास्वपाका सभापति लामिछानेले आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको बताउनुभएको छ ।
रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने उहाँको भनाई छ ।
प्रतिक्रिया