देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद विस्तार भोलि हुने, कांग्रेसले टुंग्यायो नाम अरुकाे बाँकी

देशान्तर

काठमाडौं – सत्ता गठबन्धन दलबीच भोलि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । आज नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा भोलिका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

भोलि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरुसँग केहीदिन यता सामूहिक र एक्लाएक्लै संवाद गर्दै आएका छन् ।

नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।

कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २÷२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री हुनेछन् ।