काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन सुझाव दिनुभएको छ ।
बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चार माध्यमहरू नै भएको ओलीले बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्क समेत गर्नुभयो ।
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराउनुभयो ।
त्यस अवसरमा उहाँले विश्वमा नै टेलिभिजन सञ्चार माध्यमको विकासको इतिहास लामो नभएको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया