काठमाडौं । मिटरब्याज पीडितहरुलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ ।
नेता खनालले माइतिघरमा पुगेर पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताउदै, देशभर मिटरब्याजीहरु फैलिएकाले सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिटरब्याजीको समस्या समाधान गर्न ध्यानकर्षण गराउनुभयो ।
यस्तै, नेकपा एसको सचिवालय बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको थियो । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
प्रतिक्रिया