देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्मिता सिग्देल ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता

देशान्तर

काठमाडौं । अस्मिता सिग्देल ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता बनेकी छन् । विजेता भए संगै उनले एक लाख रुपैयाँ नगद हात पारेकी छन् । त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद ६० हजार रुपैयाँ हात पारेका छन् भने तेस्रो श्रेयसि विष्ट भएकी छिन् । उनले ४० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् । ‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा. संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए ।
अनुसन्धान तथा दिगो विकास केन्द्र नेपालले प्रत्येक वर्ष ट्री अफ द एअर नेपाल, फोटोग्राफी प्रतियोगिता संचालन गर्दै आएको छ । ट्री अफ द एअर नेपाल, एशियन ट्री अफ द एअर संँग आवद्घभै रुखको विशेषता, यसको महत्व र संरक्षण गर्ने उदेश्यले जन मानसमा चेतना र जागरुकता फैलाउने काम गर्दछ । यस प्रतियोगीताको सहयोगले नेपालमा भएका रुखका प्रकार, स्थिति र रुखहरुलाई संरक्षण र प्रवद्धन गर्न मद्धत पुग्ने आयोजकको बिश्वास छ ।

सोहि प्रतियोगिता अन्तर्गत २०१७, २०१८ र २०१९ मा एशियाभरि नेपाल प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । राष्ट्रिय रुपमा नेपालमा हुने प्रतियोगिता यस वर्ष पनि घोषणा भइसकेको छ र नेपाल भरि बाटनै उल्लेख्य सहभागिता प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।  रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम मनाउँदै आएको क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘हामीले यो कार्यक्रम विगत ६ वर्षदेखि मनाउँदै आएका छौं । हामी एक अर्कामा जोडिनका लागि यस्तो कार्यक्रम मनाउनु पर्छ भनेर शुरु गरिएको थियो । त्यही सोंचलाई आज पनि निरन्तरता दिइरहेका छौँ ।

प्रतियोगिताको निर्णायक तथा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्ने बताए । बैङ्किङ पार्टनरमाछापुच्छ्रे बैंकका चिफ बिजनेस अफिसर टिका भट्टराईले माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताए । उनले भने, ‘हाम्रो बैंकले आफ्नो नाफा अन्तगर्तको  केही हिस्सा सामाजिक उत्तरदायित्व क्षेत्रमा खर्च गर्दै आएको छ । अन्य क्षेत्रमा पनि हाम्रो बैंकले विभिन्न सहयोग गर्दै आएको छ ।’