देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले समस्या समाधानका लागि पहल थाल्यो

देशान्तर

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले उनीहरूको समस्या समाधानका लागि पहल थालेको हो ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गर्नेछन् । लगत्तै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ ।

११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार बिहानैबाट पुनः विरोधमा उत्रिएका छन् ।

उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लागाउदै विरोध गरेका छन् ।