काठमाडौं । काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ ।
गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।
तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ ।
काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बतानुभएको छ ।
प्रतिक्रिया