देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृह जानेबारे नारायणकाजी भन्नुहुन्छः हेरौं, प्रधानमन्त्रीको निर्णय मान्ने हो

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने संकेत गर्नुभएको छ । रेका छन् ।

उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाउनुभएको हो ।

त्यस क्रममा पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भन्ने प्रश्नलाई जवाफमा यहाँले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताउनुभएको छ ।
यसैगरी उहाँले छिटै मन्त्रिपरिषदले पूर्णता पाउने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने बताउनुभयो ।।