प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार विहानै संघीय संसदका सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।
संसदको काम कारबाही प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो ।
भेटका क्रममा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया