देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजवाट सुरु

देशान्तर

आज देखि नेपाल सेना र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित ल्याण्ड फोर्स टक काठमाण्डौँमा हुँदैछ । चौथो भूमि बल संवादका रुपमा काठमाडौंमा हुने दुईदेशका उच्च सैन्य अधिकारी सम्मिलित ल्याण्ड फोर्स टकमा शान्तिस्थापना, सैन्य सहयोग आदानप्रदान, विपत्त व्यवस्थापन, नेपाली सेनाका लागि आवश्यक सामग्री सहयोग लगायतमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।

सम्मेलन पहिलो पटक काठमाडौंमा हुन लागेको हो । अघिल्लो वर्ष अमेरिकाको हवाइमा सो कार्यक्रम सम्पन्न भएको थियो । त्यतिवेला अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागीताबारे नेपालको धारणा मागेको थियो । नेपालमा विरोध भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय लिएको थियो ।

अमेरिकाले नेपाली सेनाको सहयोगका लागि एसपीपी योजनालाई अगाडि सारेको थियो। तर, नेपालको अस्वीकारलाई सम्मान गरेको भन्दै अमेरिकाले सैन्य सहयोग यथावत् राख्ने निर्णय गरेको थियो । यसपटकको संवादमा दुई देशबीचको सैन्य सहकार्यलाई अझ विशेष बनाउनुपर्ने दुबै देशले जोड दिएका छन् ।

सेनाले सम्बन्धित सम्पूर्ण निकायहरुसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको र यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव÷उप सचिवहरुका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी हुने वताएको छ ।

अमेरिकी सेनाको प्यासिफक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ जनाको टोली सहभागी हुने तयारि गरेको छ । यो कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन् ।

यसैविच रुससँग एमआई–१७ हेलिकप्टर किन्ने तयारी रहँदा अमेरिकाले बेल हेलिकप्टर दिने प्रस्ताव गरेको छ । तर नेपालले दुईवटा स्काइ ट्रकको प्रस्ताव पेश गरेको छ। जसमा अमेरिकाले दुई वटा एम २८ ब्लक जिरो फाइभ स्काइ ट्रक उपलब्ध गराउने तयारी गरेको छ।