देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनका लागि २६ दल दर्ता

देशान्तर

आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् । आयोगले दल दर्ताका लागि आह्वान गरेको समय सिमा भित्र २६ वटा दलहरु दर्ता भएको आयोग प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदैछ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी क्षेत्रहरु रिक्त रहेका छन् ।त्यस्तै चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकता प्रकरणमा दोषी पाइएपछि उहाँको सांसद पद खारेज भएको थियो । यि तिन वटै क्षेत्रमा बैशाख १० गते उप निर्वाचन हुँदैछ ।