काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउतले यस्तो बताउनुभएको हो । उहाँले उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत महिलाको अधिकार खोस्ने काम भएको बताउनुभएको हो ।
संविधानको धारा ३८ (४) मा महिलाको लागि व्यवस्था हुँदाहुँदै पनि उपराष्ट्रपतिको निर्वाचनमा महिलाको अधिकार खोस्ने काम भएको टिप्पणी गर्नुभएको छ । महिला सांसदहरु पनि आफूले संविधानबाट पाएको अधिकारसमेत लिन नसक्ने अवस्था देखिएप्रति आफूलार्ई दुःख लागेका बताउनुभयो ।
संविधानबाट पाएको अधिकार सांसदहरुले नै प्रयोग गर्न नसकेको दाबी गर्नभएको छ । संविधानमा भएको व्यवस्था सांसदहरुले उपभोग गर्न नसकिरहेको अवस्थामा आम जनताले अधिकार लिनसक्छन् भनेर कल्पना पनि गर्न नसकिने उहाँको भनाई छ ।
प्रतिक्रिया