काठमाडौं– साताको पहिलो काराबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा कायम भएको छ ।
२५९ कम्पनीका एक अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको २७ लाख ५४ हजार ३३४ किक्ता सेयर किनबेच भएको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि १.३९ प्रतिशतले घटेर ३५६ कायम भएको छ ।
आइतबार १३ वटै उपसमूहको समूहगत ओरालो लागेको छ । आइतबार म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ ।
आइतबार माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३।३० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया