देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारप्रतिको भरोसा बालबालिकामा देखिएनः सांसद देवकोटा

देशान्तर

काठमाडौं– राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताएकी छन् । आईतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताएकी हुन् ।

सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताइन् । उनले केही दिनअघि विद्यार्थीहरुले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नरहेको स्पष्ट भएको बताइन् ।

उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरु नागरिक केन्द्रित हुनुपर्ने बताइन् ।