काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा उहाँले पढिरहेको विद््यालयभन्दा अर्को विद्यालयमा परीक्षा दिन जाँदा परिक्षार्थी र अभिभावकलाई अनावश्यक तनाव भएको धारणा राख्नुभएको थियो ।
एउटा विद्यालयमा पढिरहेका विद्यार्थीहरु एसईईको अर्को विद्यालयको परीक्षा केन्द्रमा जानुपर्ने बाध्यता नपरोस् भनेर होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो ।
यसले गर्दा अभिभावक र विद्यार्थीलाई अनावश्यक तनाव बनिरहेको बताउदै एसईईको व्यवस्था पढिरहेको विद्यालयमा हुने वा होम सेन्टरको व्यवस्था गरियोस् भनि माग गर्नुभएको छ ।
प्रतिक्रिया