देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिटरब्याजी ७१ जना पीडितहरू आज काठमाडौँ आउँदै

देशान्तर

काठमाडौं । आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने भएका छन् ।

चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौँ नजिक आइपुगेका छन् । साँझसम्म काठमाडौँ आइपुगिने आन्दोलनमा सहभागी मनोज पासवानले बताउनुभएको छ । तराईबाट ७१ जना पीडितहरू आन्दोलन गर्न काठमाडौँ आइरहेका छन् ।

उनीहरूमध्ये अधिकांश महिला छन् । आन्दोलनकारीहरूलाई बीच बाटोबाटै फिर्ता पठाउने प्रयाससमेत भएको थियो । मकवानापुरका प्रमुख जिल्ला अधिकारीले आन्दोलनकारीलाई भेटेर सरकार माग पुरा गर्न सकारात्मक रहेको बताउँदै त्यहीँबाट फर्किन आग्रह गर्नुभएको थियो ।

प्रजिअ राजेन्द्र देव पाण्डेले सहयोगको प्रस्ताव समेत गरे पनि आफूहरूले सो प्रस्ताव अस्वीकार गरेको आन्दोलनमा सहभागी पासवानले बताउनभयो ।

उहाँले न्याय नपाएसम्म नफर्किने तयारीका साथ काठमाडौँ आउन लागेको बताउनुभएको छ । अभियन्ता पासवानले १० दिनको यात्रामा केहीलाई ज्वरो आए पनि सिटामोल खाएर भए पनि यात्रालाई जारी राखेको बताउनुभयो ।