देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमण बढ्दै

देशान्तर

काठमाडौं– भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका हुन् ।

शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्‍लीमा १३९ जनामा संक्रमण देखिएको थियो । योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी भेटिएका हुन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६०१ पुगेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले एक सुझाव जारी गरेको छ। कोभिडबाट बच्न ३-टी सूत्र सुझाव दिइएको छ । यी ३-टीहरू ट्र्याकिङ, खोप र परीक्षण हुन् ।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सहरका अस्पतालमा इन्फ्लुएन्जाका धेरै केसहरू नभएको र स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) ले इन्फ्लुएन्जाका केसहरूमा वृद्धि H3N2 भाइरसका कारण हुनसक्ने बताएको छ ।