काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
प्रतिक्रिया