काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था नाजुक मात्र नभएर संकटपूर्ण अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शनिबार बुटवलमा आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रा.लिको साधारणसभामा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक संकट समाधान गर्नका लागि दलहरुले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताउनुभएको छ ।
राजश्व संकलन स्वात्तै घटेकाले अहिलेको राजश्वले साधारण खर्चसमेत धान्न नसक्ने उहाँले बताउनुभयो । यसैगरी पौडेलले २०२८ सालमा जस्तै यसपटक पनि राजश्व संकलनको अवस्था निराशाजनक अवस्थामा रहेको जनाउनुभयो ।
एमाले उपाध्यक्षसमेत रनुभएका पौडेलले यस्तो बेलामा दलहरु पक्षविपक्षमा बाँडिएर सत्ता ढलाउने खेलमा लाग्नु भन्दा देशको आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया