देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्यमशीलता विकासमा महिलाको सहभागिता वृद्धि गर्न प्रधानमन्त्रीको जोड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताउनुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधनमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

उहाँले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामुलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताउनु भयो । उहाँले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको रहेको र लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको पनि बताउनुभयो ।

उहाँले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै महिलाको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।