काठमाडौं । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बतानुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिनुभयो ।
प्रतिक्रिया