काठमाडौं । गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न प्रस्ताव गरेको छ ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीका अनुसार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया