काठमाडौं । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय छ ।
गण्डकी प्रदेश सरकारबाट माओवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको एक सांसदले जानकारी दिएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिनुभएको थियो ।
सोहीअनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
दुवैले आजै मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । माओवादीले समर्थन फिर्ता लिएसँग गण्डकी सरकार अल्पमतमा परेको हो । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धर्मराएको थियो ।
आजै मुख्यमन्त्री खगराज अधिकारीलाई दुवै मन्त्रीले राजीनामा बुझाउने र समर्थन पनि फिर्ता लिने तयारी गरेको हो ।
प्रतिक्रिया