देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्ममन्त्री जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने

देशान्तर

काठमाडौं । प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने प्रतिवद्धता व्यक्त गनुभएको छ ।

कांग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उहाँको भनाई छ ।

उहाँले केही समयअघि देशमा निर्माण भएको अस्वभाविक गठबन्धन ढलेको टिप्पणी गर्नुभएको छ ।

वर्तमान अवस्थामा बनेको सत्ता गठबन्धनले देशलाई स्थिरता तिर्फ अघि बढाउने धारणा व्यक्त गर्दै नेता लामाले देशभित्र मौलाएको भ्रष्टाचार र अराजकता राक्न वर्तमान सरकार सफल हुने बताउनुभयो ।

कुनै पनि विषय आफू अनुकूल हुँदा ठिक अनुकूल नहुँदा वेठिक भन्ने नहुने भन्दै संसदीय प्रक्रियामा रहेर संविधानले दिएको कार्यक्षेत्रको आधारमा सरकार र प्रतिपक्षको भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

यसेगरी प्रदेश सरकारको नेतृत्वमा कुनै बाहिरि शक्तिले हस्तक्षेप नगरेको भन्दै एमालेलाई अर्थहिन आरोप नलगाउन चेतवनी समेत दिए ।

कांग्रेस देश र जनताको पक्षमा सदैव अडिग रहने पार्टी भएकाले कसैको लहैलहैमा लागेर नहिड्न सल्लाह दिँदै कांग्रेसले स्पष्ट धारणाका साथ विगतमा सरकारलाई विश्वासको मत दिएको भन्दै दोहोरो चरित्र नदेखाएको बताउनुभयो ।